काठमाडौँ — पछिल्लो २४ घण्टामा थप १ हजार ३६९ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ८ हजार ८८० जनाको पीसीआर परीक्षण गर्दा १ हजार १३ जना र ३ हजार एन्टीजेन परीक्षण गर्दा ३५६ जना गरी कुल १ हजार ३६९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
२४ घण्टामा कोरोना संक्रमणबाट थप १२ जनाको मृत्यु भएको छ ।
हाल देशभरमा २९ हजार ४ सक्रिय संक्रमित छन् भने २ हजार २३८ जना संक्रमणमुक्त भएका छन् ।
प्रतिक्रिया