बिजनेस

नेप्सेमा दोहोरो अंकको गिरावट, ३ अर्ब ८२ करोडको कारोबार


काठमाडौँ – नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा निरन्तर गिरावट आएको छ । साताको कारोबारको अन्तिम दिन बिहिबार पनि नेप्सेमा दोहोरो अंकको गिरावट भएको छ ।

बिहिबार नेप्से ११.९६ अंकले घटेर दुई हजार ८ सय १ दशमलब ५६ विन्दुमा झरेको हो । बुधबार नेप्से २२.११ अंकले घटेर दुई हजार ८ सय १३ दशमलब ४७ विन्दुमा झरेको थियो । त्यस्तै, आज कारोबार रकममा भने सामान्य वृद्धि भएको छ । आज ३ अर्ब ८२ करोड ९५ लाख बराबरको कारोबार भएको छ । बुधबार ३ अर्ब ४७ करोड ११ लाख बराबरको कारोबार भएको थियो ।

नेप्सेका अनुसार आज कारोबार भएका कम्पनीहरु मध्ये नबिल इक्युटि फण्डको शेयरमूल्य भने बढेको छ । त्यस्तै, मिथिला लघुवित्त वित्तीय संस्थाको शेयरमूल्यमा सर्वाधिक गिरावट आएको छ ।