समाचार

कक्षा १२ को परीक्षा जेठमा हुने


काठमाडौँ — राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा आगामी जेठमा गर्ने तयारी गरेको छ ।

सोहीअनुसार एक साताभित्र परीक्षा तालिका सार्वजनिक गरिने बोर्डले जनाएको छ । परीक्षा तालिका तोक्ने विषयमा छलफल भइरहेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

बोर्डले २०७८ सालको माध्यमिक शिक्षा परीक्षा (एसइई) को परीक्षा वैशाख ९ गतेदेखि २० गतेसम्म सञ्चालन गर्नेगरी बिहीबार तालिका सार्वजनिक गरिसकेको छ। यो वर्षको परीक्षामा करिब पाँच लाख परीक्षार्थी सहभागी हुने बोर्डले जनाएको छ ।