काठमाडौँ – इंग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको म्यानचेस्टर सिटीले जित निकालेको छ । गएराति भएको खेलमा सिटीले ब्रेन्टफोर्डलाई २–० गोल अन्तरले हराएको हो ।
घरेलु मैदानमा सिटीलाई जित दिलाउन रियाद महरेज र केभिन डी ब्रुएनले एक–एक गोल गरे । यस जितसँगै सिटीले लिगमा लिभरपुलमाथि १२ अंकको अग्रता बनाएको छ ।
सिटीले २४ खेलमा ६० अंक जोडेको छ । दोस्रो स्थानको लिभरपुलको ४८ अंक रहेको छ । ब्रेन्टफोर्ड २३ अंक जोडेर १४ औं स्थानमा रहेको छ ।
प्रतिक्रिया