राजनीति

तोकिएकै मितिमा चुनाव हुनेमा मधेसी दलको आशंका, निर्वाचन बारे सत्ता गठबन्धन नै अलमलमा (भिडियोसहित)


काठमाडौँ — सरकारले निर्वाचन मिति घोषणा गरेपछि सोहि अनुरुप निर्वाचन आयोगले तयारी अघि बढाएपनि निर्वाचनको वातावरण बन्न सकेको छैन । सत्ता गठबन्धन नै निर्वाचनका बारे प्रष्ट नभएको अहिलेको अवस्थामा कसरी तोकिएके समयमा निर्वाचन होला भन्ने प्रश्न उठेको छ ।

स्थानीय तहको निर्वाचन मिति घोषणा भएसंगै दलहरुले भिन्न भिन्दै प्रतिक्रिया दिन थालेका छन् । ऐन र सबैधानिक दुवै व्यवस्थाको वेवास्ता गरेको भन्दै यसविरुद्ध रिट नै परेको थियो । वैशाख ३० मै निर्वाचन गरे पनि असोज २ गते मात्रै आफ्नो ५ वर्ष पुग्ने भएकाले सो अवधिसम्म काम गर्न पाउनुपर्ने भन्दै महोत्तरीको भंगहा नगरपालिकाका मेयर समृतकुमार साहले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

उद्दपी उनको माग सर्वोच्चले अस्वीकार गरेको छ । यसले कानुनी रुपमा अव निर्वाचन नरोकिने प्रष्ट नै भएको छ । तर देशमा चुनावी माहोल बनाउने तथा सवै राजनीतिक दलहरुलाई निर्वाचनमा भाग लिन पाउने वातावरण सिर्जना गर्ने सत्ता घटक नै चुनाववारे एकमत हुन सकेको छैन ।

निर्वाचनको मुखमै राप्रपाका निवर्तमान अध्यक्ष कमल थापाले पार्टी छोडेपछि सो पार्टी पनि चुनावबारे प्रष्ट छैन । नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी पनि अझै अलमलमा छ भने अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईबीच द्वन्द्व चर्को अवस्थामा जनता समाजवादी पाटी पनि फुटको अन्तिम चरणमा छ । यहिबीचमा सिके राउत नेतृत्वको जनमत पार्टीले पनि किसानको माग सम्बोधन नभए निर्वाचनमा अवरोध गर्ने चेतावनी दिएको छ ।

यता लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले कार्यकाल नसकिएका स्थानीय तहको निर्वाचन रोक्न आग्रह गरेको छ । बैैशाख ३१ गते भएको पहिलो चरण निर्वाचन संविधान अनुसार नै भइरहे पनि असार १४ र असोज २ गते भएको तेस्रो चरणको चुनावलाई हेर्दा भने अहिले भएको चुनाव न्यायसंगत नभएको उसको भनाई छ । आवधिक निर्वाचनको आफूले स्वागत गर्ने तर संसद अवरुद्ध रहेको, सभामुखको राजिनामाको कुरा उठेको तथा सत्ता घटक नै एक हुन नसकेको अहिलेका अवस्थामा मिति घोषणाले मात्र चुनाव हुने ग्यारेन्टी नहुने लोसपा नेताहरुको भनाई छ ।

तर सत्ताघटक कांग्रेसका नेताहरु भने निर्वाचनका वारेमा आफूहरु प्रष्ट रहेको र तोकिएको मितिमा निर्वाचन हुनेमा आशंका नगर्न आग्रह गर्छन । सवै दल निर्वाचनमा सहमत हुने भन्ने नहुने उनीहरुको भनाई छ । तर मिति घोषणामा केहि ढिलो हुँदा देउवालाई लोकतन्त्रविरोधीको संज्ञा दिनेहरुले ले नै संसद अवरुद्ध राख्ने तथा सत्ता गठबन्धन टुटाउने खेल खेल्दा समस्या भएको उनीहरुले बताएका छन ।

संविधानको दायरामा बाधिएका दलहरु न त निर्वाचनबाट भाग्न सक्छन न त सहजै स्वीकारेर अघि जान सक्ने अवस्थामा नै छन ।

दलिय अन्र्तद्वन्दमा मात्र नभएर पार्टी भित्रको आन्तरिक द्धन्द मौलाएकाले चुनाव सार्ने कयौँ बहानाहरु गठबन्धन भित्रकै दलहरुले समेत खोजिरहेका छन । पेचिलो बन्दै आएको एमसीसी, सत्ता गठबन्धनभित्र चुलिदो विवाद, फुटको संघारमा रहेको राजनीतिक दल र दोधारे प्रतिपक्षकाबीच तोकिएकै मितिमा चुनाव हुनेमा भने आशंका गर्ने प्रसस्त ठाँउहरु छन ।