राजनीति

प्रचण्डको रापताप र ओज दिन प्रतिदिन गिर्दै

कहाँ गयो प्रचण्डको त्यो रापताप ?


काठमाडौँ — नेकपा माओवादी केन्द्र ईतिहासकै कठिन मोडमा आईपुग्दा अध्यक्ष प्रचण्डको हालत पनि उस्तै बन्दै गएको छ । राष्ट्रिय राजनीति उनकै पेरीफेरीमा घुमिरहे पनि स्वयम प्रचण्ड भने उदाङ्गो बन्दै गएका हुन । कुनै समय नेपाली राजनीतीमा नाम जस्तै प्रचण्ड रापताप र ओज भएका उनी संसदीय राजनीतिमा आएसंगै गिर्ने क्रम जारी छ ।

२०६३ साल असार २ गते प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पत्रकार सम्मेलन आयोजना हुँदै गर्दा सबैको ध्यान त्यतै मोडिएको थियो । दशबर्षे जनयुद्ध अन्त्य भएर देश शान्तीको बाटोमा अघि बढ्दै गर्दाताकाको यो मितिमा त्यहि जनयुद्धको कमाण्डर पुष्पकमल दाहाल प्रचण्ड सार्वजनिक हुँदै थिए । नयाँ नेपाल निर्माणको सपना देखाएर भएको जनयुद्धको नेतृत्व सम्हालेका उनी सार्वजनिक हुदै गर्दा साच्चिकै नाम जस्तै प्रचण्ड थिए भने उनको ओज र रापताप पनि चर्कै थियो ।

सार्वजनिक जीवनमा आएसँगै २०६४ साल चैतमा भएको संविधानसभाको निर्वाचनमा आफ्नो पार्टीलाई पहिलो नम्बरमा पुर्याएर प्रचण्ड २०६५ सालमा गणतन्त्र नेपालको पहिलो निर्वाचित प्रधानमन्त्री बन्न सक्षम भए । तर, राजनीतिमा आएको उतार चढापका कारण नौ महिनामै सरकारबाट बाहिरिनु पर्यो । यहिबाटै उनको राजनीतिमा ओरालो यात्रा सुरु भयो ।

कहि आफूले चाहिने भन्दा बढिलाई पनि लडाकुमा दर्ता गराएको कुरा त कतै हतियार आफैसंग भएको जस्ता कुराले उनलाई विवादीत बनाईरह्यो । सेनापती प्रकरण, पशुपतीमा भट्ट परिवर्तनको प्रकरण जस्ता कुरालाई पनि उनलाइ राजनीतिमा असफल खेलाडिको ट्याग लगाइदियो । यसबीचमा उनको दोधारे चरित्रहरु पनि देखिन थाले । यसैको परिणाम पहिलो संविधानसभा निर्वाचनमा काठमाडौ–१० र रोल्पा–२ बाट निर्वाचित उनी दोश्रो संविधानसभाको चुनावमा सिरहाबाट मात्र निर्वाचित बने भने काठमाडौंमै पराजित बने । संगै उनको दल माओवादी तेश्रो दलमा खुम्चियो । २०७३ साउनमा उनि दोस्रो पटक प्रधानमन्त्री निर्वाचित भए । एमालेसंगको सहकार्यमा २०७४ को चुनावमा उनि चितवनवाट निर्वाचित भएका हुन् । तर एकता गरेर एक भएको नेकपामा पनि धेरै दिन चल्न नसकेपछि पुन माओवादीकै अध्यक्षको हैषियतमा पुगेका उनको दोहोरो चरित्र एमसीसीलाई पठाएको पत्रको प्रकरणका कारण पुन उदाङ्गो बनेको छ ।

संसदीय राजनीतीमा आएको दुई दशक नपुग्दै भोगेको नियतीले उनको निरन्तरण क्षयीकरण भईरहेको प्रष्ट छ भने पार्टीको हालत पनि उस्तै छ । हुन पनि पहिले छविलाल नाम भएका उनीले जसरी पुष्पकमल नाम फेरे आफ्नो चरित्र पनि उस्तै गरी परिवर्तन गरिरहेका छन । प्रचण्ड भनेको आफ्नो छोरो छविलाल भएको उनकै पिताले समेत धेरैपछि थाहा पाएको जसरी नेपाली नागरिकले पनि उनको वास्तविकता बल्ल बुझ्न थालेका छन । आफ्ना सहकर्मीले पनि विस्तारैविस्तारै साथ छाडेपछि एक्लै परेका उनी अहिले ईतिहासमै कठिन मोडमा छन । जहाँ माओवादी र उनले स्थापित गराएको संघियता र धर्मनिरपेक्षतामाथि नै बढि प्रश्न उठिरहेको छ । यद्यपी उनले भने आफ्नो मुल्यांकन गर्न भन्दा देशभित्र र बाहिरका प्रतिक्रियावादीहरूले घेरा हालेर माओवादीलाई सखाप पार्न खोजिरहेको टिप्पणी गर्दै आएका छन ।

केहीले प्रचण्डलाई राष्ट्रिय समस्याकै रुपमा अथ्र्याउँछन् । प्रचण्डकै कारण देशमा राजनीतिक स्थीरता हुन नसकेको आरोप लगाउनेहरु पनि छन् । यद्यपी प्रचण्डमाथिको यो रोशमा उनीमाथिको आशा र अपेक्षा पनि लुकेका छन । यतिका वर्ष प्राप्त उपलब्धीको संस्थागत गर्न चुकेका उनीमाथि त्यो आशा पनि सकिए केवल आलोचनामात्र बाँकि रहने छन । जसले शुन्यबाट उदाएर उत्कर्षमा पुग्दै पुन ओरालो लागेको प्रचण्डको आगामी राजनीतिक यात्रा संझनलायक नहुन पनि सक्छ ।