काठमाडौँ — पछिल्लो २४ घण्टामा थप १ हजार ९५७ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ८ हजार ५८७ जनाको पीसीआर परीक्षण गर्दा १ हजार १८४ जना र ४ हजार १०५ एन्टीजेन परीक्षण गर्दा ७७३ जना गरी कुल १ हजार ९५७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
२४ घण्टामा कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु भएको छ ।
हाल देशभरमा ३६ हजार १८१ सक्रिय संक्रमित छन् भने ५ हजार १०३ जना संक्रमणमुक्त भएका छन् ।
प्रतिक्रिया