समाचार

विराटनगर–१८ लाई बर्ड फ्लु प्रभावित क्षेत्र घोषणा


काठमाडौँ — सरकारले मोरङको विराटनगर महानगरपालिका–१८ को हिमालयन कृषि फार्म वरपरको क्षेत्रलाई बर्ड फ्लु प्रभावित क्षेत्र घोषणा गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले बर्ड फ्लु नियन्त्रण गर्न भन्दै सो क्षेत्रलाई बर्ड फ्लु प्रभावित क्षेत्र घोषणा गरेको हो ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार हिमालयन कृषि फार्मलाई केन्द्रविन्दु मानी विराटनगर महानगरपालिका–१८ को क्षेत्रलाई बर्ड फ्लु रोग प्रभावित क्षेत्र घोषणा गरिएको हो ।

सरकारले फेवातालको जलाधार संरक्षण क्षेत्रलाई संरक्षित क्षेत्र घोषणा गरेको छ । सोमबारकै मन्त्रिपरिषद बैठकले वैशाख ३० गते एकै चरणमा स्थानीय तहको निर्वाचन गर्ने निर्णय गरेको थियो ।