काठमाडौँ – चीनको बेइजिङमा जारी शितकालीन ओलम्पिकमा २१ स्वर्ण पदकको टुंगो लागेको छ ।
सोमबार साँझसम्मको अवस्थामा तीन वटा स्वर्ण पदक जितेर स्वीडेन पदक तालिकाको शीर्ष स्थानमा छ । उसले अरु पदक जितेको छैन । रुस ओलम्पिक कमिटी आरओसीले २ स्वर्ण, २ दुई रजत र दुई कास्य गरी जम्मा ६ पदक हात पारेर दोस्रो स्थानमा ।
नेदरल्याण्ड, चीन, जर्मनी, नर्वे र स्लोभानियाले समान दुई दुई स्वर्ण जितेका छन् । त्यसैगरी इटली, क्यानडा, जापान, अष्ट्रेलिया, स्वीजरल्याण्ड र न्युजिल्याण्डले एकएक स्वर्ण पदक जितेका छन् । सोमबार साँझसम्म १८ राष्ट्रले पदकमा खाता खोलेका छन् ।
प्रतिक्रिया