राजनीति

आज सुरक्षित इन्टरनेट दिवस, यस्तो छ विकृतिको तथ्याङ्क


काठमाडौँ – आज सुरक्षित इन्टरनेट दिवस । नेपालमा पछिल्ला वर्षहरुमा इन्टरनेट प्रयोगकर्ताको संख्या निकै बढेको छ । प्रयोगकर्ता बढेसँगै विकृति पनि मौलाएको पाइन्छ ।

बालबालिका र युवाका लागि इन्टरनेट प्रयोग सुरक्षित बनाउने उद्देश्यका साथ ९ फेब्रुवरीमा (माघ २७ गते) सुरक्षित इन्टरनेट दिवस २०२१ नेपालमा पनि मनाइने भएको छ । अनलाइन जोखिम र सुरक्षित इन्टरनेटबारे सचेतना जगाउन विश्वभर हरेक वर्ष मउने गरिन्छ । कोभिड–१९ विश्व महामारी पछि संसारभरि नै अनलाइन बालयौन दुर्व्यवहार तथा बालयौन शोषणका घटना बढेका छन् । अमेरिकाको नेशनल सेन्टर फर एक्सप्ल्वाइटेड एण्ड मिसिङ्ग चिल्ड्रेन सेन्टरले सन् २०१९ मा ६३,२६६ वटा नेपाली बालबालिकाका यौन दुर्व्यवहारका चित्रहरुको साइबरटिप्लाइन रिपोर्ट प्राप्त गरेका थिए ।

कोभिड–१९ पछि, सन् २०२० मा त्यो संख्या झण्डै तीन गुणा बढेर १७८,३७१ पुगेको थियो । कोभिड–१९ पछि चाइल्डसेफनेटले गरेको एक अध्ययन अनुसार पाँचजनामा एकजना किशोरी वा युवती र दशजनामा एक जना किशोर वा युवकले अनलाइन यौन दुर्व्यवहार वा यौन शोषण भोगेको थिए।