राजनीति

चुनावको मिति घोषणा गरेपनि यस्ता छन चुनौति, गठबन्धन मिलाएर लान देउवालाई सकस (भिडियोसहित)


काठमाडौँ – सत्ताघटक दलहरुमा निकै पेचिलो बनेको स्थानीयनिर्वाचनको विषयले अव भने निकास पाएको छ । सरकारले स्थानीय तहको निर्वाचन ३० वैशाख २०७९ मा एकै चरणमा गर्ने निर्णय गरेसंगै यो विषय लगभग अव टुङ्गिएको छ । तर सत्ताघटक दलहरुकै विमतीमा निर्वाचन मिति घोषणा हुनु,संसदमा एमसीसी टेवल गर्ने तयारी हुनु लगायतका विषयले भने सबै दललाई निर्वाचनमा लाने चुनौती देउवामा देखिएको छ ।

सरकारले स्थानीय तहको निर्वाचन आगामी ३० वैशाखमा गर्ने निर्णय गरेको छ ।सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले स्थानीय निर्वाचनको मिति तय गरेको हो । स्थानीय निर्वाचन ऐनको दफा ३ अनुसार पदाधिकारीको समयावधि सकिनु दुई महिनाअघि निर्वाचन गर्नुपर्ने प्रावधान अनुसार सरकारले वैशाख अन्तिममै निर्वाचन गर्ने निर्णय गरेको हो । यसअघि गठबन्धनको बैठकले भने जेठभित्रै निर्वाचन गर्ने सहमती गरेको भएपनि यतिका दिनसम्म मिति घोषणा हुन सकेको थिएन ।

यसअघि निर्वाचन आयोगले एकै चरणमा गर्ने भए १४ वैशाख र दुई चरणमा गर्ने भए १४ र २२ वैशाखको मिति सिफारिस गरेको थियो । तर सत्तारुढ पाँच दलीय गठबन्धनले जेठ मसान्तभित्र निर्वाचन गर्ने बताएपछि आयोगले ४ जेठ प्रस्ताव ग¥यो ।तर सो मितिमा चुनाव गर्दा केही दिन स्थानीय तह जनप्रतिनिधिविहीन हुने अवस्था आएपछि सरकारले नयाँ मिति प्रस्ताव गरेको थियो । यता १८ माघमा प्रधानमन्त्रीसँग छलफल गरेको निर्वाचन आयोगले एकैचरणमा निर्वाचन गर्न सुझाएको थियो ।

एकै चरणमा निर्वाचन गर्दा खर्चमा मितव्ययिता हुने, सुरक्षा प्रबन्धमा सहज हुने, निर्वाचन प्रचारप्रसार कम हुने र एक ठाउँको परिणामले अर्को स्थानको नतिजा प्रभावित नहुने सुझाव आयोगको थियो । सोही बमोजिम स्थानीय निर्वाचनको मिति सरकारले घोषणा गरेको हो ।

कानुनविद्हरुले समेत ऐन संसोधन गर्न नै सुझाएको भएपनि निर्वाचन मिति घोषणा गर्न चौतर्फी दवावका कारण सरकार गलेको हो । यता एमसीसीमा सहयोग गर्ने एमाले अध्यक्ष केपी ओलीको वाचाकै कारण देउवा पेलेर अघि बढेको विश्लेषणका बीच गठबन्धनको आयुबारे विभिन्न अनुमान भैरहेका छन् । तिनै तहको निर्वाचन एकै चोटि भएपनि हुने तर स्थानीय तहको निर्वाचन सार्न नहुने अडान एमालेले जाहेर गर्दै आएको थियो । यो परिस्थीतीमा संविधान अनुसार सरकार अघि बढेपनि गठबन्धनमा बढ्दो टकरावले भने समस्या देखिएको छ ।

निर्वाचन बारे भएको सहमती पनि प्रधानमन्त्री शेरबहादुर देउवा एक्लैको पेलाईमा भएको विश्लेषणका बीच सत्ताघटक माओवादी कै नेताहरुले यो राजनीतिक समाधान मात्र भएको भन्दै असहमती जनाउदै आएका छन ।

एकातफ निर्वाचनमै पेलान खेपेको माओवादीले अव एमसीसीमा पनि पत्र सार्वजनिक गरेर दवाव दिन खोजेको महसुस गरेको छ । त्यस्तै एमाले अध्यक्ष केपी शर्मा ओली सहितको वैठकमा आफूलाई नबोलाएकोमा नेकपा एकीकृत समाजवादीले चित्त दुखाएको छ । यस्तो अवस्थामा भएको निर्वाचनको मिति घोषणाले उनीहरुलाई समेटेर लान देउवामा चुनौती देखिएको छ ।

अर्कातर्फ देउवा प्रचण्ड दुवैका लागि स्वागतद्धार खुल्ला रहेको दोहोरो रणनितिमा रहेको एमालेको कारण माओवादीसंग गठबन्धन बने देउवाले नै कतै निर्वाचन सार्ने त हैनन भन्ने डर पनि उत्तिकै छ ।