काठमाडौँ — पछिल्लो २४ घण्टामा थप १ हजार ५७० जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ७ हजार ८७४ जनाको पीसीआर परीक्षण गर्दा १ हजार २२ जना र ३ हजार ४९१ एन्टीजेन परीक्षण गर्दा ५४८ जना गरी कुल १ हजार ५७० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
२४ घण्टामा कोरोना संक्रमणबाट थप १३ जनाको मृत्यु भएको छ ।
हाल देशभरमा ४० हजार १११ सक्रिय संक्रमित छन् भने ६ हजार १४६ जना संक्रमणमुक्त भएका छन् ।
प्रतिक्रिया