खेलकुद

एमाले निकट खेलकुद महासंघले राष्ट्रिय खेल जागरण अभियान सञ्चालन गर्ने


काठमाडौँ – नेकपा (एमाले) निकट नेपाल खेलकुद महासंघले कोभिडका कारण रोकिएको ‘मेची–महाकाली खेल जागरण अभियान’ शुरु गर्ने भएको छ ।

आज काठमाडौंमा पत्रकार सम्मेलन गरी महासंघले कोभिडका कारण रोकिएको मेची–महाकाली खेल जागरण अभियान शुरु गर्ने जानकारी गराएको हो । पत्रकार सम्मेलनमा बोल्दै महासंघका संयोजक कृष्ण बस्नेतले गत माघ २३ गते बसेको महासंघको सातौँ केन्द्रिय पदाधिकारी बैठकले तीव्र गतिमा आफ्ना मातहतका सबै तहका अधिवेशनहरु सम्पन्न गर्ने निर्णय गरेको बताउनु भयो ।

महासंघले राष्ट्रिय खेलकुद परिषद्मा देखिएको अन्यौलताका कारण आम खेलकुद जगत नै सुस्ताएको भन्दै तत्काल समस्या समाधान गर्न सरकार तथा न्यायालयको ध्यानाकर्षण समेत गराएको छ ।