काठमाडौँ – नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारको दोस्रो दिन सोमबार दोहोरो अंकको वृद्धि भएको छ ।
सोमबार नेप्से १५.६९ अंकले बढेर दुई हजार ८ सय ५१ दशमलब ८६ विन्दुमा पुगेको हो ।
त्यस्तै, ५ अर्ब २ करोड २० लाख बराबरको कारोबार भएको छ । नेप्सेका अनुसार सोमबार कारोबार भएका कम्पनीहरु मध्य दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ ।
शेयरमूल्यमा उच्च वृद्धि हुने कम्पनीहरुमा नेपाल इन्फ्रास्ट्रक्चर बैंक र छ्याङदी हाइड्रोपावर कम्पनी रहेको छ । नेपाल इन्फ्रास्ट्रक्चर बैंकको शेयरमूलय ८.४२ प्रतिशतले बढेर प्रतिकित्ता ४१२ रुपैयाँ पुगेको छ भने छ्याङदी हाइड्रोपावर कम्पनीको शेयरमूल्य ६.८३ प्रतिशतले बढेर प्रतिकित्ता ५२४ रुपैयाँ पुगेको छ ।
प्रतिक्रिया