काठमाडौँ – विद्युतीय राहदानी (ई–पासपोर्ट)का लागि अनलाइन बुकिङ अर्थात् प्रि–इनरोलमेन्ट गरेकाहरुलाई बिहान सातै बजेदेखि सेवा प्रदान गरिने राहदानी विभागले जनाएको छ ।
यसअघि विद्युतीय राहदानीको लागि अनलाइन बुकिङ गरिसकेका तर कोरोनाको कारण बुकिङ रद्द गरिएका सेवाग्राहीहरुलाई लक्षित गरी बिहान सात बजेदेखि १० बजेसम्म सेवा सञ्चालन हुने विभागले जनाएको हो ।
नयाँ बुकिङ हुने क्रम पनि चलिरहेकाले कामको चापलाई कम गर्न बिहान सेवा दिन थालिएको विभागका सूचना अधिकारी शरदराज अरनले जानकारी दिनुभयो ।
केही समय कोरोनाका कारण रोकिएको सेवा प्रभाव अहिले पुरानै अवस्थामा सञ्चालन भइसकेको छ ।
प्रतिक्रिया