Sayapatri Media Pvt. Ltd.
Reg. No. : 885/075-76
Publisher: Ang Kaji Sherpa
Editor: Laxmi Raj Bhandari
Office: Chabahil - 7, KL Tower 5th floor
Phone: 01-4587728
CMO (Anjan shrestha): 9843335555
Admin: Info@yohokhabar.com
News: yohokhabar.com@gmail.com

कर्णाली

कर्णाली प्रदेश सरकारले पायो पूर्णता, गैरसांसदसहित थपिए ५ मन्त्री


काठमाडौँ —  कर्णाली प्रदेश सरकारले पूर्णता पाएको छ । नेपाली कांग्रेस नेतृत्वको सरकार गठन भएको तीन महिनापछि मुख्यमन्त्री जीवनबहादुर शाहीले ५ मन्त्री थप गरी मन्त्रिपरिषद् विस्तार गर्नु भएको हो ।

मुख्यमन्त्री शाही नेतृत्वको प्रदेश सरकारमा नेपाली कांग्रेसबाट सामाजिक विकास मन्त्रीमा यज्ञबहादुर बीसी, आन्तरिक मामिला तथा कानून मन्त्रीमा हिमबहादुर शाही, नेकपा माओवादीबाट जलश्रोत तथा ऊर्जा विकास मन्त्रीमा गणेश प्रसाद सिंह, उद्योग पर्यटन वन तथा वातावरण मन्त्रीमा छिरिङ डम्डोल लामा (कार्चेन) र नेकपा एकीकृत समाजवादीबाट भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रीमा पदम रोकायले सपथ लिएका छन् ।

लामो समयमसम्म गठबन्धनभित्र मन्त्रालय भागबण्डा नमिल्दा मन्त्रीमण्डल विस्तार हुन सकेको थिएन। अन्ततः मन्त्रालय भागबण्डामा गठबन्धनभित्रै किचलो बढेपछि केन्द्रीय नेतृत्वले विवाद समाधान गरेका हुन्।

मुख्यमन्त्री शाहीले यसअघि माओवादीका सांसद विन्दमान विष्टलाई आर्थिक मामिला तथा योजना मन्त्री र समाजवादीका प्रदेश सभा संसदीय दलका नेता चन्द्रबहादुर शाहीलाई भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री बनाइसकेका छन् ।