समाचार

सम्झनामा सुप्रसिद्ध गायिका लता मंगेशकर (भिडियोसहित)


काठमाडौँ — कर्णप्रीय स्वरका कारण विश्व चर्चित बनेकी गायीका लता मङ्गेशकरको निधन भएको छ । मंगेशकरको ९२ वर्षको उमेरमा मुम्बईको सिटी अस्पातालमा निधन भएको हो । हालै कोरोना भाइरसलाई जितेकी लताले निमोनियाँलाई जित्न नसकेपछि संसारबाट विदा भएकी हुन् ।

लता मंगेशकरको जन्म २८ सेप्टेम्बर १९२९ मा इन्दोर, मध्य प्रदेशमा भएको थियो । उनका पिता दीनानाथ मंगेशकर एक कुशल थिएटर गायक थिए । दीनानाथले लतालाई पाँच वर्षकी हुँदा संगीत सिकाउन थालेका थिए । पाँच वर्षको उमेरमा नै पहिलो पटक नाटकमा अभिनय गर्ने मौका उनलाई मिल्यो । तर उनको रुचि संगीतमा थियो । लता १३ बर्षको हुँदा उनका बुबाको निधन भयो । त्यसपछि उनलाई उनका बुबाका साथीले आफ्नो परिवारको हेरचाह गरे र लता मंगेशकरलाई गायिका र अभिनेत्री बन्न मद्दत गरे । भनिन्छ सफलताको बाटो कहिल्यै सजिलो हुँदैन । लता मंगेशकरले पनि आफ्नो स्थान बनाउन धेरै कठिनाइको सामना गर्नुपरेको थियो ।

धेरै संगीतकारहरूले सुरुमा पातलो आवाजका कारण उनलाई काम दिन अस्वीकार गरेका थिए । उनको तुलना त्यतिबेलाकी प्रसिद्ध पार्श्व गायिका नूर जहाँसँग गरिन्थ्यो । तर बिस्तारै आफ्नो जोश र प्रतिभाको बलमा काम पाउन सफल भएकी थिइन् । विस्तारै सफलताले उनलाई फिल्म जगतकै सबैभन्दा लोकपीय्र र सफल महिला बनायो ।
मंगेशकरले २० भाषामा ३० हजार बढीगीत गाएकी छन् ।

१३ वर्षको उमेरदेखि गीत गाउन थालेकी उनले भारतीय मात्र नभएर नेपालीलगायत अन्य धेरै भाषामा समेत स्वर दिएकी छन् । उनले बाचुन्जेलीलाई, आकाशमा तिरमिर तारा, जुन बाटोमा लगायत धेरै नेपाली गीतमा स्वर दिएकी छन् ।

उनको आवाज सुनेर मोहित नहुने सायदै कोहि होला । उनी अविवाहित थिइन्, उनले आफूलाई पूर्णरूपमा संगीतमा समर्पित गरेकी थिइन् तर भारतीय सिनेमामा पार्श्व गायिकाको रूपमा चिनिन्छिन् । उनकी बहिनी आशा भोस्लेसँगै लताको सबैभन्दा ठूलो योगदान फिल्म गायनमा रहेको छ । सन् १९४७ मा फिल्म ‘आपकी सेवा मे’ मा गीत गाउने मौका मिल्यो । यो गीतपछि फिल्मी दुनियाँमा पहिचान मिल्यो र एकपछि अर्को धेरै गीत गाउने मौका मिल्यो ।

उनका हजारौँ गितहरु चर्चामा छन् । सुमधुर आवाजले करौडौँको मनमा बस्न सफल गायिका मंगेसकर फिल्म फेयर पुरस्कारदेखि पद्म भुषण, पद्म विभुषण, राजीव गान्धी पुरस्कार, भारतको सर्वोच्च नागरिक सम्मान भारत रत्न लगायत पुरस्कारबाट सम्मानित पनि भएकी थिईन् । उनको मृत्युले सांगेतिक क्षेत्रमा ठूलो क्षति पुगेको छ । उनको निधनमा भारतका प्रधान मन्त्रीले गहिरो दु’ख व्यक्त गर्दै दुइ दिनका लागी राष्टिय शोकको घोषणा गरेका छन् । आफ्नो कर्णप्रीय आवार दिएर सबैको मनमा बस्न सफल गायिका लता मंगेसकरको पाथ्वी शरीर हामिबिच नरहे पनि उनको आवाज सदा जिवित रहने छ । स्वर कोकिला मंगेसकर प्रति श्रद्धासुमन ।