राजनीति

चुनावपछि मात्रै एमसीसी अघि बढाउन प्रचण्डको प्रस्ताव, ओलीको अडान कायमै


काठमाडौँ — नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आउने चुनावपछि मात्रै अमेरिकी सहयोग परियोजना (एमसिसी) संसदबाट अघि बढाउनु पर्ने प्रस्ताव गर्नुभएको छ ।

आइतबार प्रधानमन्त्री शेरबहादुर देउवासहित शीर्ष नेताहरूको छलफलमा प्रचण्डले एमसीसी चुनावपछि अघि बढाउन प्रस्ताव गरेको एमाले नेता शंकर पोखरेलले जानकारी दिनुभयो । पोखरेलका अनुसार प्रचण्डले एमालेलाई संसद् खुलाउन आग्रह पनि गर्नुभएको थियो ।

यसअघि प्रधानमन्त्री देउवा र प्रचण्डले गत असोजमा एमसिसीलाई पत्र लेख्दै चार–पाँच महिनामा आफूहरूले एमसिसी संसदबाट पास गर्ने वातावरण बनाउने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो । उक्त प्रतिवद्धता अनुसार एमसिसीले जवाफी पत्र लेख्दै फेब्रुअरी २८ ९फागुन १६० सम्म संसदबाट सम्झौता अनुमोदन नभए अर्को कदम चाल्ने बताएको छ ।

छलफलमा प्रधानमन्त्री देउवाले एमसिसी पास गर्न एमाले अध्यक्ष ओलीसँग सहयोग माग्नुभएको थियो । जवाफमा ओलीले पहिला सत्तारूढ गठबन्धन यस विषयमा स्पष्ट हुनुपर्ने बताउनुभएको छ ।