काठमाडौँ – बेइजिङ विन्टर ओलम्पिकको पहिलो स्वर्ण पदक नर्वेका थेरेसे जोहाउगले हात पारेकी छिन् । जोहाउगले महिलाको स्कीयाथलनको १५ किलोमिटर क्रस कन्ट्री स्कीइङमा स्वर्ण हात पारेकी हुन् ।
तेस्रो पटक ओलम्पिकमा सहभागिता जनाएकी जोहाउगका लागि यो दोस्रो स्वर्ण तथा चौथो ओलम्पिक पदक हो । उनले ४४ मिनेट तथा १३.७ सेकेन्डमा सो दूरी पुरा गरेकी थिईन् । रुसकी नाटालिया नेपर्याइभाले रजत पदक तथा अष्ट्रीयाकी टेरेसा स्टाड्लोबरले कास्य पदक हात पार्न सफल भएका छन् ।
प्रतिक्रिया