राजनीति

एमसीसीलाई लिएर राजदूतहरुको सक्रियता, पश्चिमा देश दवाब दिन एक ठाँउमा (भिडियोसहित)


काठमाडौँ – सर्वाधिक चासो, चर्चा, विवाद र आलोचनाको विषय बनेको एमसीसी थप गिजोलिदै गएको छ । राजनीतिक दल, नेता र वुद्धिजीवी समेत विभाजित बनेको यो विषयमा विदेशीको समेत स्वार्थ वाझिदा साझा धारण बन्न नसकेको हो । अर्थात विशेषत अमेरिकी सम्बन्धहरु एमसीसीको पक्षमा रहँदा चीन सम्बन्धहरुले भने पास हुन नदिन सक्रियता बढाएका छन् ।

एमसीसी सम्झौताका विषयमा सत्ता गठबन्धन र अन्य राजनीतिक दलहरुबीच पनि एकमत नभएको अहिलेको अवस्थामा विदेशी शक्ती समेत सोहि अनुरुप अघि बढेका छन । विशेषत ः एमसीसी पास गराउनकै लागि नेपाल आएकी उपाध्यक्ष फातिमा सुमारले अहिले पनि शिर्षस्थ नेताहरुसंग सम्बाद जारी राखेकी छिन् ।

त्यस्तै एमसीसी पास गराउन अमेरिकाले मात्र नभई वेलायती, अष्टे«लीयाली राजदुतावासले पनि अनौपचारिक रुपमा दवाव दिईरहेका छन । उनीहरु विभिन्न कार्यक्रममा समेतसंगै देखिदै आएका छन । यो बीचमा अष्ट्रेलियन राजदुत फेलिसिटी जेन भोल्कले उर्जामन्त्री पम्फा भूसाल, गृहमन्त्री वालकृष्ण खाँण, शिक्षामन्त्री देवेन्द्र पौडेललाई भेटेकी छिन । त्यस्तै सभामुख अग्नी सापकोटा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई समेत भेट गरेकी उनले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालदेखि कांग्रेसका कतिपय नेतासँग पनि भेटकी थिईन ।

यस्तै सक्रियता वेलायती राजदूत निकोल पोलिटले पनि देखाएकी छन । यसरी विभिन्न नियोग प्रयोग गर्दा पनि एमसीसीमा माओवादीलाई सकारात्मक बनाउन नसकेपछि अमेरिकी राजदूत र्यान्डी वेरी नै प्रचण्ड भेट्न खुमलटार पुगेका थिए । उनले भेटमा एमसीसी पास गर्न आग्रह मात्र गरेनन् नभए अन्य दातृ निकायको सहयोग रोक्ने समेत चेतावनी दिएको कुरा सन्चारमाध्यमा आउँदा पनि प्रचण्डको सचिवालय भने मौन छ ।

एमसीसी पास गर्नका लागि दवाव बढाउन अमेरिकाले जर्मनी, जापानका राजदुतसम्म प्रयोग गरेका खबरहरु बाहिरिरहेका छन । तर चीनले भने यस विरुद्धको वातावरण सिर्जना गर्न ठुलो लगानी गरिरहको छ । विशेषत ः चीनको टाउको दुखाइको विषय बनेको यसका विषयमा माओवादीलाई विपक्षमा परिचालन गरिएको स्रोतहरु बताउछन । ओलीले यसलाई दाँउपेचको विषय बनाएको तथा धेरै नेता एमसीसीकै पक्षमा रहेका कारण चीनको आँखामा पर्न नसक्दा कहिकतै आफूसंग जोडिएका माओवादी नेताहरुसंग भने चीनले विभिन्न माध्यमबाट सम्पर्क बढाईरहेको छ ।

चीनको यहि साथकै कारण गठबन्धन नै फुटेपनि एमसीसीको पक्षमा नजाने अडान माओवादीले लिएको छ । यहि वीचमा चिनियाँ विदेश विभाग प्रमुख सुङ थाओसँग प्रचण्डले गरेको कुराकानीलाई पनि अर्थपूर्ण रुपमा हेरिएको छ । यद्यपी माओवादी नेताहरुले भने यसलाई सामान्य मान्नुपर्ने बताएका छन । दुई देशका आपसी सहयोग र समझादारीको विषयमा यस्ता कुराकानी भईरहने र त्यो स्वभाविक भएको उनीहरुको भनाई छ ।

यसैबीच एमसीसी पास गराउन प्रधानमन्त्री देउवा तयार भए सहयोग गर्ने एमालेले संकेत गरेको छ भने माओवादी र नेकपा एकीकृत समाजवादी यथास्थीतिमा पास गर्न नहुनेमा एक मत छन् । यसैका कारण सत्ता गठबन्धनको भविष्य खतरामा परेको छ भने मुद्धा अझ पेचिलो बनिरहेको छ । यससँगै विदेशीहरु पनि सक्रिय भएपछि एमसीसीबारेको वहस अझ ट्रयाक वाहिर जाने निश्चित छ ।