समाचार

आन्तरिक हवाइ उडानको भाडादर बढ्यो


काठमाडौँ — नेपाल आयल निगमले पेट्रोलिम पदार्थको मूल्य बढाएपछि आन्तरिक हवाइ उडानको भाडादर पनि वृद्धि भएको छ । नेपाल वायुसेवा सञ्चालक संघले शुक्रबारबाट लागूहुनेगरी भाडा बढाएको हो ।

संघले १०५ रुपैयाँदेखि ४४५सम्म वृद्धि गरेको संघले जनाएको छ । हवाई इन्धनमा प्रतिलिटर दुई रुपैयाँ बढीले मूल्य घटबढ भएको अनुपातमा भाडा समायोजन गर्ने अधिकार संघले प्रयोग गरेको हो ।

बढेको दरअनुसार सबैभन्दा बढी काठमाडौं(धनगढीको ४४५ रुपैयाँ रहेको छ । यस्तै काठमाडौँ – विराटनगर २४०, काठमाडौँ -पोखरा १६०, काठमाडौँ -नेपालगञ्ज ३२५, काठमाडौँ – भद्रपुर, काठमाडौँ – भरतपुर १०५ रुपैयाँ बढेको संघले जनाएको छ ।

यस्तै माउन्टेन फ्लाइटको भाडादर ३४५ रुपैयाँले बढेको छ । पछिल्लो पटक नेपाल आयल निगमले हवाइ इन्धनमा प्रतिलिटर १० रुपैयाँ वृद्धि गरेको छ ।