समाचार

आर्थिक लेनदेनका कारण ३ जनाको हत्या, डोरी र गम्छाले घाँटी कसेर हत्या गरेको खुलासा (भिडियोसहित)


काठमाडौँ — मोरङको धनपालथान गाउँपालिकाको उखुबारीमा एकसाता अघि मृत अवस्थामा भेटिएका दुई व्यक्तीको हत्या कारण आर्थिक लेनदेन भएको खुलेको छ ।

मोरङमा दुई जना र ललितपुरको गोदावरीमा नगरपालिका–१२, थेचोमा थप एकजनाको हत्या गरि खाल्डो खनेर पुरिएको अवस्थामा शव फेला पारेको थियो ।

मोरङको उखुबारीमा एकसाता अघि मृत अवस्थामा भेटिएका दुई व्यक्तीको हत्या कारण आर्थिक लेनदेन भएको खुलेको छ । जिल्ला प्रहरी कार्यालय मोरङले आज पत्रकार सम्मेलनको आयोजना गरी हत्यामा संलग्न मध्ये मुख्य योजनाकार मण्डलसहित मोरङका अमित शाह र नासिर आलमलाई पक्राउ गरि सार्वजनिक गरेको हो । प्रहरीका अनुसार थप केही व्यक्ति फरार छन् ।

हत्यामा केही भारतीय नागरिक समेत संलग्न रहेको अनुसन्धानले देखाएको प्रहरीले जनाएको छ । प्रहरीले तीन जनाको हत्या आर्थिक लेनदेनकै कारण भएको बताएको छ । आर्थिक लेनदेनको कारण मोरङमा दुई जना र ललितपुरको गोदावरीमा नगरपालिका–१२, थेचोमा थप एकजनाको हत्या गरि खाल्डो खनेर पुरिएको अवस्थामा शव फेला पारेको थियो ।

प्रहरी वरिष्ठ उपरिक्षक जिसीले प्रहरीले अनुसन्धानले श्रेष्ठको पुस ५ गते र चौधरीको पुस ७ गते हत्या गरिएको पत्ता लागेको बताए । प्रहरीले अनुसन्धान गर्दै जाँदा उनीहरुसँग संगलन एक जना हराएको र त्यसको लागि ललितपुरको थेचोमा छ भन्ने थाहा पाएपछि मोरङ जिल्ला प्रहरी र अपराध महाशाखाको टोलीले गोदावरीमा लास फेला परेको थियो ।

प्रहरी अनुसन्धानबाट मण्डल समुहले पुस ५ गते भन्दा अगाडि मंसिर २८ गते ६३ बर्षिय मोहन लिम्बुलाई हत्यागरी ललितपुरको गोदावरी नगरपालिका वडानम्बर १२ थेचोमा खाल्डो खनी पुरेको देखिएको छ । लिम्बुको शव प्रहरीले माघ २० गते बिहीबार मात्रै ललितपुरमा फेला पारेको थियो भयो । लिम्बुको हत्या गरेर शव चाँडै कुहाउन खाल्डामा नुनको समेत प्रयोग गरिएको भेटिएको छ ।

घटनामा संलग्न तिनै जनालाई प्रहरीले माघ २० गते फरकफरक स्थानबाट पक्राउ गरेको हो । मुख्य हत्याका योजनाकार मण्डललाई प्रहरीले काठमाण्डौ महानगरपालिकाको वडानम्बर १३ बल्खुबाट पक्राउ गरेको जनाएको छ । यस्तै सोनारलाई विराटनगर ५ दामाबन्दी चोकबाट र आलमलाई विराटनगर १७ मटेरुवाबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जग्गा जमिनको कारोबारको क्रममा हासिल हुने रकम एकलौटी बनाउन तिनवटै हत्या गरिएको प्रहरीको प्रारम्भिक अनुसन्धानले जनाएको छ । हत्यामा उनीहरुले नाइलनको डोरी तथा गम्छा प्रयोगगरि घाँटी कसेर मृतकहरुको हत्या गरेको खुलेको छ । धनपालथानमा शव भेटिएका श्रेष्ठ र चौधरी मण्डलसंगै मंसिर २९ गते विराटनगर आएको अनुसन्धानको क्रममा खुलेको छ ।