कोरोना विशेष

२४ घण्टामा २ हजार ५२६ जनामा संक्रमण पुष्टि, १६ जनाको मृत्यु


काठमाडौँ — पछिल्लो २४ घण्टामा २ हजार ५ सय २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ६ सय ५५ जनाको पिसिआर र ४ हजार ४ सय १८ जनाको एन्जेन्ट गरी ११ हजार ७३ जनाको मूना परीक्षणमा २५२६ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही समयावधिमा १६ जना संक्रमितको मृत्यु भएको छ भने ८४२५ जना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् ।

सक्रिय संक्रमितको संख्या ५६ हजार ४ सय ५७ रहेको मन्त्रालयले जनाएको छ ।