समाचार

महासचिवका दुई दावेदार पुन र शर्मालाई कोरोना पुष्टि


काठमाडौँ – नेकपा माओवादी केन्द्रको महासचिवका दावेदार दुईजना नेतालाई कोरोना संक्रमण भएको छ । महासचिवमा दावेदारी गर्दै आएका नेता वर्षमान पुन र जनार्दन शर्मालाई कोरोना संक्रमण भएको हो ।

पुनको बिहीबार गरेको परीक्षणमा पोजेटिभ रिपोर्ट आएको हो । हाल नेता पुन आइसोलेसनमा छन् ।

त्यस्तै, अर्थमन्त्री समेत रहेका जनार्दन शर्मा प्रभाकर पनि संक्रमित भएका छन् । उनलाई पाँच दिन अघि गरेको परीक्षणमा संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि भएपछि उनी मन्त्री क्वार्टरमा आइसोलेसनमा बसेका छन् ।

त्यस्तै माओवादीका अर्का नेता गिरिराजमणि पोखरेल पनि केही दिनयता कोरोनाबाट संक्रमित भएका छन् ।

माओवादी नेताहरुमा कोरोना संक्रमण देखिन थालेपछि पूर्व निर्धारित केन्द्रीय समिति बैठक अन्योलमा परेको छ । माओवादीले पदाधिकारी चयन गर्न आगामी माघ २७ केन्द्रीय समिति बैठक बोलाएको छ ।