काठमाडौँ — स्थानीय र संसदीय निर्वाचन आगामी वर्ष हुने चर्चाका बीच नेपाल शेयर बजार यो साता सकारात्मक नै रह्यो । साताभरमा नेप्से सुचकमा करिव सय अंकको सुधार आएको छ भने लगानीकर्ताको सम्पती पनि १ खर्ब ३६ अर्ब ७४ करोडले बढेको छ ।
नेपाली शेयर बजार यो साता सकारात्मक रह्यो । साताभरी शेयर बजरको मापन गर्ने नेप्से सुचकमा करिव १०० अंकको सुधार आएको छ । गत साताको अन्तीम दिन विहिबार बजार बन्द हुदा २ हजार ७ सय ७९ दशमलव ९८ विन्दुमा रहेको नेप्से साताभरमा ९५ दशमलव ७६ अंकले बढ्दै २ हजार ८ सय ७६ दशमलव ७४ विन्दुमा पुगेको छ । आगामी बर्षको जेठमा नै चुनाव हुने सहमतीको चर्चाले बजारमा पहिलो दिन नै १०० अंक भन्दा बढिको सुधार आएको थियो । त्यस्तै, साताको दोस्रो दिन सोमबारको बजारमा भने नाफा बुकको प्रेसरले बजारमा १४ दशमलव ४८ अकंको गिरावट आयो । त्यस्तै साताको तेस्रो दिन बजार पुन १९ दशमलव २९ अंकले बढ्न पुग्यो ।
बुधबार भने सार्वजनीक विदाका कारण नेप्से खुलेन । तर, एमसीसी पास गर्ने विषयले सत्ता गठबन्धनमा हलचल ल्याएपछि तत्काल स्थानीय तह निर्वाचनको मिति घोषणामा अलमल हूदा साताको अन्तीम कारोबारको दिन विहिबारको कारोवारमा भने नेप्से १४ दशमलव ६० शून्य अंकले गिरावट आएको छ ।
त्यस्तै, यो साता लगानीकर्ताको सम्पती पनि १ खर्ब ३६ अर्ब ७४ करोडले बढेको छ । अघिल्लो साताको अन्त्यमा ३९ खर्ब २८ अर्ब ६३ करोड रहेको बजार पूँजीकरण यो साताको अन्यमा आई पुग्दा १ खर्ब ३६ अर्बले बढ्दै ४० खर्ब ६५ अर्ब ३७ करोडमा सिमित भएको छ । त्यसैगरी कारोवार रकम भने औसत नै देखिएको छ । यो साता कारोवार रकम साता भरीमा करिव २ अर्बले घट्दै २६ अर्ब ६६ करोड ५४ लाख ६८ हजार २१७ रुपैया बरावरको भएको छ । पछिल्ला दिनहरुमा औसतमा बजार बढ्दोक्रममा नै रहेको विश्लेषण भै रहेको छ । बजारमा ट्रेडरहरु हावी भइरहेका छन् । थोरै नाफा हुँदा बेच्नेहरु सक्रिय हुँदा साताको अन्तीम दिन भने सूचक प्रभावित भएको लगानीकर्ताको धारणा छ । तथापि, समग्रमा बजार बुल रनमै रहेको उनिहरुको विश्लेषण छ । केही करेक्सनहरुका बाबजुत बजारले फेरि अप ट्रेन्ड समाउने अनुमान लगानीकर्ताको छ ।
पछिल्ला दिनहरुमा बजार औसतमा सकारात्मक गतिमा रहेको छ । नेपालकोे सेयर बजारलाई सधैं नीतिगत विषयले प्रभाव पार्दै आएको छ । यसअघि पनि केन्द्रीय बैंककै सेयर धितो कर्जाको सीमाका कारणले बजार ओरालो लाग्न थालेको थियो । यही बेला बजारमा तरलता अभाव र ब्याजदर वृद्धि पनि भयो । यसले बजारलाई झनै अप्ठेरोमा पारेको थियो । तर अहिले फेरि नीतिगत परिवर्तनहरु गरिएका छन् । तरलता सहज पार्ने साधनहरुको पनि प्रयोग गरिएको छ । केन्द्रीय बैंकले आयातमा कडाई गरेको । डलर सटहीमा कडाई गरिएको छ । यस्तै, बैंकहरुले निक्षेपको ब्याजदर बढाएका पनि छैनन् । यी परिदृश्यहरुमा बजारको औसत गति सकारात्मक हुने धेरैको अपेक्षा छ ।
प्रतिक्रिया