समाचार

मापदण्ड विपरीतका निजी अस्पताल बन्द गराउन डा. केसीको माग


काठमाडौँ — चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले देशभर खुलेका मापदण्ड विपरीतका निजी स्वास्थ्य संस्था बन्द गराउन सरकारलाई आग्रह गरेका छन् ।

शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडा भेटेर केसीले उक्त आग्रह गरेका हुन् । भेटका क्रममा केसीले मन्त्री खतिवडालाई सात बुँदे ज्ञापन पत्र बुझाउँदै देशभर पूर्वाधार र पर्याप्त जनशक्तिविना नै निजी स्वास्थ्य संस्था खुल्ने क्रम बढेको र यसबाट बिरामी ठगिने, रोग बल्झिने र बिरामीको मृत्यु हुनेसम्मको अवस्था रहेको औंल्याए ।

केसीले जनसंख्या वृद्धि अनुसार सरकारी स्वास्थ्य केन्द्र र अस्पतालहरुको निर्माण गर्न, स्तरोन्नति र गुणस्तर वृद्धि गर्न पनि माग गरेका छन् । त्यस्तै उनले स्वास्थ्य संस्थालाई करारका चिकित्सिकको भरमा काम चलाउने गरिएको भन्दै आवश्यक संख्यामा स्थायी चिकित्सक नियुक्त गर्न पनि माग गरेका छन् ।

पत्र