काठमाडौँ – अष्ट्रेलियालाई फराकिलो अन्तरमा हराउँदै भारत चौथो पटक यु–१९ विश्वकप क्रिकेटको फाइनलमा पुगेको छ । दोस्रो सेमिफाइनलमा गएराति अष्ट्रेलियालाई ९६ रनले हराउँदै भारतले उपाधिका लागि इङ्ल्याण्डसँगको भेट पक्का गरेको हो ।
भारतले दिएको २९१ रनको लक्ष्य पछ्याएको अष्ट्रेलिया ४१ दशमलव ५ ओभरमा सबै विकेट गुमाउँदै १९४ रनमा सीमित भयो । यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको भारतले निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै २९० रन बनाएको थियो । भारतका लागि कप्तान यश धुलले सतकीय इनिङ्स खेलेका थिए । ११० बल खेलेका धुलले १० चौका र १ छक्कासहित ११० रन नै बनाएका थिए ।
भारतका उपकप्तान शेख रसिदले ९४ रनको योगदान दिएका थिए । धुल र रसिदले तेस्रो विकेटका लागि २०४ रनको साझेदारी गरेका थिए ।
प्रतिक्रिया