अर्थनीति

बंगलादेशबाट साढे २ अर्वाभन्दा बढी आयात, नेपालबाट भने लगभग ८ लाख मात्र निर्यात


काठमाडौँ – सात वर्षअघिसम्म बचतमा रहेको बंगलाबन्ध नाकाको व्यापार अहिले निरन्तर ओरालो लागेको तथ्यांकले देखाएको छ । २० वर्षभन्दा बढीको इतिहास बोकेको नेपाल–बंगलादेश व्यापार अहिलेसम्मकै कमजोर अवस्थामा पुगेको हो ।

चालू आर्थिक वर्ष साउनदेखि पुसमसान्तको ६ महिनाको अवधिमा नेपालले ७ लाख ९० हजार बराबरको सामग्री निर्यात गरेको छ भने सोही अवधिमा बंगलादेशबाट भने २ अर्व ६० करोड ९२ लाख बराबरको सामग्री आयात भएको मेची भन्सार कार्यालय, काँकडभिट्टाका प्रमुख केशवराज ओलीले बताएका छन् । यो भनेको नेपालले ऋणात्मक हुँदै बंगलादेशमा हालसम्मकै न्यून निर्यात गरेको हो ।