काठमाडौँ — पछिल्लो २४ घण्टामा थप ३ हजार ६३७ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ६ हजार ४९९ जनाको पीसीआर परीक्षण गर्दा २ हजार २०५ जना र ५ हजार ८३ एन्टीजेन परीक्षण गर्दा एक हजार ४३२ जना गरी कुल ३ हजार ६३७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
२४ घण्टामा कोरोना संक्रमणबाट थप १२ जनाको मृत्यु भएको छ ।
हाल देशभरमा ६९ हजार २९१ सक्रिय संक्रमित छन् भने ७ हजार ५५५ जना संक्रमणमुक्त भएका छन् ।
प्रतिक्रिया