Sayapatri Media Pvt. Ltd.
Reg. No. : 885/075-76
Publisher: Ang Kaji Sherpa
Editor: Laxmi Raj Bhandari
Office: Chabahil - 7, KL Tower 5th floor
Phone: 01-4587728
CMO (Anjan shrestha): 9843335555
Admin: Info@yohokhabar.com
News: yohokhabar.com@gmail.com

प्रदेश नं. २

मधेस प्रदेश : समितिका सभापति चयन प्रक्रिया सुरु


काठमाडौँ — मधेस प्रदेशको प्रदेशसभामा रिक्त विभिन्न विषयगत समितिका सभापतिहरू चयन प्रक्रिया सुरु भएको छ । यसका लागि माघ २४ मा प्रदेशसभा उम्मेदवारी दर्ता हुने भएको छ ।

प्रदेशसभा सचिवालयका सचिव रञ्जितकुमार यादवले प्रदेशसभाअन्तर्गतको रिक्त सार्वजनिक लेखा समिति, प्राकृतिक स्रोत तथा वातावरण समिति र कृषि तथा भूमि व्यवस्था समितिको रिक्त सभापति चयन प्रक्रियाका सूचना जारी गरेका हुन् ।

सूचनामा विषयगत संसदीय समितिहरू सभापतिका लागि उम्मेदवारी दर्ता गराउन सचिवालयले आह्वान गरेको हो । जारी गरिएको सूचनामा प्रदेशसभा कार्य सञ्चालन नियमावली २०७५ को नियम १४९ को उपनियम (३) अनुसार माघ २४ मा सोमवार बिहान ११ बजेदेखि बेलुका ५ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकेको छ ।

प्रमुख प्रतिपक्षी दलका प्रदेशसभा सदस्य सार्वजनिक लेखा समितिका सभापति हुने कानुनी व्यवस्था छ ।