काठमाडौँ – कतारमा आयोजना हुने फिफा विश्वकप छनोटमा ब्राजिलले फराकिलो जित निकालेको छ । दक्षिण अमेरिकी छनोट अन्तर्गत आज बिहान ब्राजिलले पाराग्वेलाई ४–० गोल अन्तरले पराजित गरेको हो ।
ब्राजिललाई जित दिलाउन राफिन्हा, फिलिपे कोउटिन्हो, एन्टोनी र रोड्रिगोले एक–एक गोल गरे । यस जितसँगै ब्राजिलले १५ खेलमा ३९ अंक जोडेको छ । ब्राजिल छनोटको शीर्ष स्थानमा रहेको छ ।
ब्राजिलले विश्वकपमा यसअघि नै स्थान पक्का गरिसकेको छ । पाराग्वे १३ अंक जोडेर नवौं स्थानमा रहेको छ ।
प्रतिक्रिया