काठमाडौँ — केहिदिन यता नेपालमा कोरोना संक्रममणदर घटेको छ । परीक्षण नै घटेका कारण सक्रमण घट्दै गएकोले जोखिम भने कायमै रहेको विज्ञहरु बताउछन् ।
पछिल्लो केहि दिनयता नेपालमा कोरोना संक्रमणदर घट्दै गएको छ । नेपालमा कोरोनाको तेस्रो लहर पुसको २१ गतेदेखि सुरु भएको देखिन्छ । त्यस यता संक्रमणको दर दैनिक रुपमा बढ्दै गएको थियो । तर, स्वास्थ्य मन्त्रालयको तथ्याङक हेर्ने हो भने माघ १२ गतेदेखि संक्रमितको संख्या घट्न थालेको देखिन्छ । तेस्रो लहर सुरु भएपछि गत माघ ६ गते सबै भन्दा बढि संक्रमित संख्या भेटिएको थियो । त्यसदिन २७ हजार ४९७ जनाको कोरोना परीक्षण गर्दा १२ हजार ३३८ जना कोरोना संक्रमित भेटिएका थिए ।
संक्रमित र कोरोना परीक्षणको यो संख्या नेपालमा कोरोना संक्रमण पुष्टि भएयताकै सबैभन्दा उच्च हो । माघ १२ गते ८ हजार ४५४ जना संक्रमित भेटिदा १३ गते ८ हजार १७ जना १४ गते ६ हजार ८२७ र १५ गते ४ हजार ९०४ जना १६ गते ३ हजार ५ सय ४० जना, १७ गते ५ हजार २ सय ९२ जना , १८ गते ५ हजार ५८३ जनामा संक्रमण पुष्टि भएको छ । यी दिनमा संक्रमितको संख्या मात्र नभई कोरोना परीक्षण गराउनेको संख्यामा पनि कमी आएको छ । स्वास्थ्यमन्त्रालयको तथ्यांक दाँज्दा सहजै अनुमान गर्न सकिन्छ, परीक्षण कम गरिएकैले संक्रमितको संख्या घटेको हो । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका डा. शेरबहादुर पुनले धेरैजना संक्रमितहरु घरमै बसेका छ् । परीक्षणमा आएका छैनन् । त्यसैले पनि संक्रमित कम देखिएको बताउछन् ।
यता स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अहिले नै कोरोना संक्रमितको संख्या घटेको भनी हाल्न नमिल्ने बताएको छ । जोखिम घटि नसकेकोले स्वास्थ्य मापदण्डमा लापरबाही नगर्न स्वास्थ्य मन्त्रालयको आग्रह छ ।
सक्रमण पछि लक्षण देखिने र निको हुने अवधि पनि कम रहेका कारण ओमिक्रोन भेरियन्टको लहर छिट्टै ओरालो लागेको हुनसक्छ । तर, संक्रमण घट्यो भनेर सामाजिक दुरी र सुरक्षा सावधानी अपनाउन भने छोड्नु हुँदैन । सुरक्षा सावधानी अपनाउनु नै कोरोना संक्रमणबाट बच्ने सबैभन्दा उत्तम विकल्प हो ।
प्रतिक्रिया