काठमाडौँ – काठमाडौँ उपत्यकामा थप १ हजार ७२२ जनामा कोरोना संक्रमण देखिएको छ ।
जसमध्ये काठमाडौँमा १३६१, भक्तपुरमा ९० र ललितपुरमा २७१ संंक्रमित थपिएका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा ४७ हजार ४०७ सक्रिय संक्रमित छन् । जसमध्ये काठमाडौंमा ३२०१७, ललितपुरमा ९९०७ र भक्तपुरमा ५४८३ सक्रिय संक्रमित छन् ।
त्यस्तै, नेपालमा पछिल्लो २४ घण्टामा थप ५ हजार २९२ जनामा कोरोना पुष्टि भएको छ ।
प्रतिक्रिया