काठमाडौँ — पछिल्लो २४ घण्टामा थप ५ हजार २९२ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार १० हजार ३६८ जनाको पीसीआर परीक्षण गर्दा ३ हजार ४७२ जना र ५ हजार ७२० एन्टीजेन परीक्षण गर्दा एक हजार ८२० जना गरी कुल ५ हजार २९२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
२४ घण्टामा कोरोना संक्रमणबाट थप आठ जनाको मृत्यु भएको छ ।
हाल देशभरमा ७९ हजार २७२ सक्रिय संक्रमित छन् भने ८ हजार १९१ जना संक्रमणमुक्त भएका छन् ।
प्रतिक्रिया