कोरोना विशेष

शुक्रबारसम्म कोरोनाविरुद्धको खोपको यथार्थ विवरण पठाउन सरकारको निर्देशन


काठमाडौँ – सरकारले शुक्रबारसम्म कोरोनाविरुद्धको मौज्दात खोप र खोप लगाएका सबै व्यक्तिहरूको विवरण पठाउन निर्देशन दिएको छ ।

मन्त्रिस्तरीय बैठकले स्वास्थ्य सेवा विभाग अन्तर्गतको व्यवस्थापन महाशाखा, सातवटै प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र लगायतलाई २१ गते दिउँसो ४ बजेभित्र विवरण उपलब्ध गराउन निर्देशन दिएको हो । अभिलेख नराखी २४ लाख खोप हराएको समाचार बाहिरिएसँगै मन्त्रालयले खोप अभिलेख सम्बन्धमा छानविन गर्न समिति गठन गरेको छ ।

समितिले अब खोपको यथार्थ स्थिति सार्वजनिक गर्नेछ ।