स्पेनिस टेनिस स्टार राफायल नाडालले अष्ट्रेलियन ओपन टेनिसको पुरुष एकलतर्फको उपाधि जितेका छन् । मेलबर्नमा भएको फाइनलमा रसियन खेलाडी डानिल मेदभेदेबलाई हराउँदै नाडालले उपाधि जितेका हुन् ।
यससँगै पाँचौ वरीयताका नाडालले २१औं पटक ग्रान्डस्लाम उपाधि जित्दै कीर्तिमान बनाएका छन् । फाइनलमा सुरुवाती दुई सेट गुमाएपनि उत्कृष्ट पुनरागमन गर्दै नाडालले दोस्रो वरीयताका मेदभेदेबलाई हराएर उपाधि जितेका हुन् । नाडालले मेडभेडेभमाथि २–६, ६–७ (५–७), ६–४, ६–४ र ७–५ को सेटमा जित हात परेका हुन् ।
३५ वर्षीय नाडालको यो दोस्रो अष्ट्रेलियन ओपनको उपाधि हो । नाडालले २००९ मा पहिलो पटक अष्ट्रेलियन ओपनको उपाधि जितेका थिए । नाडालले फ्रेन्च ओपन १३ पटक, विम्बल्डन २ पटक तथा युएस ओपन ४ पटक जितेका छन् । नोभाक जोकोभिच र रोजर फेडररले समान २०–२० पटक ग्रान्डस्लाम हात पारेका छन् ।
प्रतिक्रिया