राजनीति

नियोकोभि म्युटेशन भए के हुन्छ ? डब्लूएचओले थप अध्ययन गर्ने (भिडियोसहित)


काठमाडौँ — विश्वव्यापी रुपमा फैलिएको कोरोना संक्रमणको त्रास उस्तै छ । कोरोनाका विभिन्न नयाँ भेरियन्टका कारण आम मानिस त्रसित छ भने जनजीवन प्रभावित बनेको छ । कोरोनाको तेस्रो लहर ओमिक्रोन भेरियन्टको जोखिम कायमै रहेका बेला पुन अर्को भेरियन्ट नियोकोभिको चर्चा सुरु भएको छ । तीन जना संक्रमितमध्ये एक जनाको मृत्यु हुने दावी गरिएको अति संक्रामक र खतरनाक नियोकोभि भाईरसको वास्तविकता के हो त ?

विगत केहि दिनदेखि कोरोनाको नयाँ भेरियन्ट देखा परेको र यो भेरियन्टबाट तीन जना संक्रमितमध्ये एक जनाको मृत्यु हुने समाचार यत्रतत्र छ । सामाजिक सञ्जाल र सञ्चार माध्यममा नियोकोभि ट्रेन्डिङमा छ । नियोकोभि भाइरस सन् २०१२ र २०१५ मा मिडल इष्टमा भेटिएको मर्स फ्लु अर्थात मर्सकोभसँग मिल्दो जुल्दो छ ।

वुहान युनिभर्सिटी र चाइनीज एकेडेमी अफ साइन्सेस, इन्स्टिच्युट अफ बायो फिजिक्सका वैज्ञानिकहरुको अध्ययनले नियोकोभि भाइरस कोरोना भाइरसकै प्रजाति हो । उच्च मुत्युदर भएको मर्स भाइरसको मृत्युदरलाई आधार मान्दै कोरोनाको नयाँ भेरियन्ट नियोकोभ र त्यसको सहयोगी भेरियन्ट पीडीएफ–२१८० कोभले मान्छेलाई तीव्र रुपमा संक्रमित गर्ने भाइरसको संक्रमण हुने तीनमध्ये एक जनाको मृत्यु हुनसक्ने उल्लेख छ । नियोकोभि दक्षिण अफ्रिकामा चमेरोमा तिव्र रुपमा फैलिरहेको छ । के हो त नियोकोभि भाइरस ? तीन जना संक्रमितमध्ये एक जनाको मृत्यु हुने भ्रम कि वास्ताविकता ?

भाइरसको म्युटेशन प्राकृतिक प्रक्रिया भएको हुँदा म्युटेशन हुन्छ या हुन्न आफै अनुमान गर्न कठिन छ । तर भाइरसको म्युटेशन हुने सम्भावना प्रवल रहन्छ । तर कुनै खतरनाक हुन्छ भने कुन भाइरस म्युटेशन भए पनि कमजोर हुने विज्ञहरु बताउँछन ।

नियोकोभि भाइरस अहिलेसम्म मानिसमा देखा परेको छैन । तर नियोकोभिले हालको कोरोना भाइरस सार्स २ सरह एसीई २ रेसेप्टर मार्फत चमेरोको शरीरमा प्रवेश गरेको पाइएकोले म्युटेशन भएर मानव शरीरमा प्रवेश गर्ने त होइन भन्ने सम्भाव्यताप्रति अध्ययनले ध्यानकर्षण गराएको छ । तर तत्काल नियोकोभि भाइरसलाई लिएर त्रसित नहुन विज्ञको सुझाव छ । नियोकोभि भाइरसको म्युटेशन यसै अनुमान गर्न असम्भव छ । नियोकोभि भाइरसको,स्रोत,प्रकृति, रेसेप्टर र कोरोना भाइरसको सहज म्युटेन्ड हुँदै देखा परेका नयाँ भेरियन्टबाट पाठ सिक्दै स्वास्थ्य सर्तकता र भाइरससँग लड्न पूर्व तयारी नै अन्तिम विकल्प हो ।