समाचार

पाँचदेखि ११ वर्षसम्मका बालबालिकाका लागि फाइजर खोप खरिद गरिँदै


काठमाडौँ – कोरोनाको संक्रमण तीव्र रुपमा फैलिरहेको अवस्थालाई मध्यनजर गर्दै बालबालिकामा हुने जोखिम न्यूनीकरणका लागि सरकार खोप खरिदमा चासो देखाएको छ । सरकारले पाँचदेखि ११ वर्ष उमेर समूहका बालबालिकालाई लगाउन मिल्ने फाइजर खोप खरिदको प्रक्रिया अगाडी बढाएको छ ।

पाँचदेखि ११ वर्षका उमेर समूहलाई लक्षित फाइजर खोप खरिद प्रक्रिया अघि बढिसकेको र दुई तीन महिनाभित्र नेपाल आइसक्ने सम्भावना रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा.रोशन पोखरेलले जानकारी दिए । उक्त उमेर समूहका बालबालिका विद्यालय जाने र त्यहाँ भिडभाड हुने हुँदा सङ्क्रमणको उच्च जोखिम हुन्छ ।

हाल ११ देखि १८ वर्षसम्मका बालबालिकालाई फाइजर र मोडर्ना खोप लगाइँदैछ ।