समाचार

गैंडा मरेको विषयमा निर्माण व्यावसायीलाई फसाउने षडयन्त्र, राष्ट्रिय निकुञ्ज पन्छिन खोजेको हो ? (भिडियोसहित)


काठमाडौँ — चितवनको भरतपुर–९ स्थित गोन्द्राङमा बन्दै गरेको नालामा खसेर गैंडा मरेको विषय यतिवेला चर्चामा छ । डिभिजन वन कार्यालय र चितवन राष्ट्रिय निकुञ्ज आफु पन्छिएर निर्माण व्यावसायी दोष थुपारे पछि यतिवेला समग्र व्यावसयी रुष्ट बनेका छन ।

माघ ९ गते पूर्वपश्चिम राजमार्गअन्तर्गत चितवनको भरतपुर–९ स्थित गोन्द्राङमा बन्दै गरेको नालामा खसेर एउटा गैंडा म¥यो । संवेदनशील मानिएको वरण्डाभार क्षेत्रसम्मै सडक डिभिजन कार्यालयले नाला बनाउादा हुन सक्ने जोखिमबारे पूर्वानुमानै गर्न सकेन ।

उसले वन क्षेत्रमा नाला बनाउादा न त डिभिजन वन कार्यालय न त चितवन राष्ट्रिय निकुञ्जसाग नै समन्वय ग¥यो । बरु ठेक्का लिएर काम गर्दै आएका निर्माण व्यवसायीलाई फसाउने काम भएको नेपाल निर्माण व्यवसायी महासंघ गुनासो गरेको छ । शुक्रबार एक विज्ञप्ती नै निकालेर महासघले निर्माण व्यवसायीलाई समेत आरोपित गरी गैर—कानुनी रूपमा सम्बन्धित निकायबाट कारबाही अगाडि बढाइएकोप्रति आफ्नो गम्भीर ध्यानाकर्षण जनाएको छ ।

निर्माण कम्पनी इन्डो—सगुन जे.भीबाट उक्त निर्माण कार्यका क्रममा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन नियम विपरित हुने कुनै पनि काम कार्वाही नभएको र निर्माण सम्झौता बमोजिम नै निर्माण कम्पनीले अनुसरण गर्नुपर्ने सम्पूर्ण सुरक्षाका मापदण्ड अपनाइएको महासंघले जनाएको छ । सडक डिभिजन कार्यालय भरतपुर अन्र्तगतको उक्त आयोजनाको निर्माण क्षेत्रमा गंैडाको प्राकृतिक आवतजावतको क्रममा भएको दुःखद निधनको तथ्यलाई तोडमोड गरिएको महासंघको भनाइ छ ।

निर्माण व्यवसायीहरूले सम्बन्धित कार्यालयले तयार गरेको नक्शा, मापदण्ड र शर्तहरूको आधारमा सम्झौता गर्छ, त्यसैको आधारमा निर्माण कार्य गर्छ । निर्माण कार्य हुदै गर्दा सम्बन्धित कार्यालयको सुपरिवेक्षण, निर्देशन र मापदण्ड अनुसार नै निर्माण व्यवसायीहरूले निर्माण कार्य सम्पन्न गर्छन वा हुँदै गर्छ । तर, निर्माण हुँदै गरेको भरतपुर–९ स्थित गोन्द्राङको सडकमामा सडक डिभिजन कार्यालयले आफु पन्छिएर निर्माण व्यावसायी लाई दोष लगाईरहेको व्यावसायस्को आरोप छ । साथै, निकुन्जमा लगाइएको तार बार बाहिर गैडा किन आयो त भन्ने विषयमा कसैलाई चासो नभएको तर व्यावसायीलाई हतोत्साहि बनाउने काम भएको इन्डो—सगुन जे.भीका प्रतिनिधिको गुनासो छ ।

चालू आर्थिक वर्षमा मात्रै चितवन राष्ट्रिय निकुञ्ज र आसपासका वन क्षेत्रमा गरी २३ वटा गैंडा मरिसकेका छन् । सबैभन्दा धेरै साउन महिनामा ६ वटा गैंडा मरेका छन् । गत आर्थिक वर्षमा चितवनमा ३३ वटा गैंडा मरेका थिए । हालसम्म सबैभन्दा धेरै २०७५÷७६ मा ४३ वटा गैंडा मरेका थिए ।