काठमाडौँ — आहा-रारा गोल्डकप फुटबलको उपाधि विभागीय टिम एपीएफ क्लबले जितेको छ । शनिबार पोखरा रंगशालामा भएको खेलमा मनाङ मर्स्याङ्दीलाई ट्राइब्रेकरमा ५-४ ले हराउँदै एपीएफले उपाधि जितेको हो ।
निर्धारित समयमा खेल २-२ को बराबरी भएपछि थप ३० मिनेट खेलाइएको थियो । थपिएको समयमा पनि गोल नभएपछि खेलको निर्णय ट्राइब्रेकरबाट गरिएको हो ।
प्रतिक्रिया