कोरोना विशेष

२४ घण्टामा ४,९०४ जनामा कोरोना संक्रमण पुष्टि, ६ को मृत्यु


काठमाडौँ — पछिल्लो २४ घण्टामा ४ हजार ९०४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार १०१ पीसीआर परीक्षणमा तीन हजार ३१८ र चार हजार ४६१ एन्टिजेन परीक्षणमा एक हजार ५८६ जना गरी चार हजार ९०४ जनामा संक्रमण पुष्टि भएको हो ।

सोही अवधीमा ५९२४ जना निको भएका छन् । थप ६ जनाको मृत्यु भएको छ । सक्रिय संक्रमित संख्या ८७ हजार ३२९ छ ।

उपत्यकामा आज १८२० जना संक्रमित थपिएका छन् जसमध्ये काठमाडौँमा १४०४, ललितपुरमा ३०५ र भक्तपुरमा १११ जना संक्रमित थपिएका छन् ।