समाचार

कोरोनाको नयाँ भेरियन्ट झन् खतरनाक,तीन मध्ये एकको मृत्यु हुन सक्ने वैज्ञानिकको दावी


काठमाडौँ – कोरोना भाइरबारे चीनले अर्काे एउटा प्रक्षेपण गरेको छ । चिनियाँ वैज्ञानिकहरुले कोरोनाको पछिल्लो भेरियन्छओमिक्रोनपछि पनि नयाँ भेरियन्ट निओकोभले विश्वलाई आतंकित पार्ने बताएको छ ।

अब कोरोनाको नयाँ भेरिएन्ट निओकोभले विश्वमा चिन्ता बढाएको छ। यसबारे चीनको बुहानका वैज्ञानिकले निओकोभ नाम गरेको यो भेरियन्टको संक्रमणदर र मृत्युदर धेरै नै उच्च रहेको दावी गरेको छ । वैज्ञानिकको भनाईलाई आधार मान्ने हो भने यो भेरियन्ट लागेका प्रत्येक तीन विरामीमध्ये एकको मृत्यु हुन सक्छ ।

दक्षिण अफ्रिकामा यो भेरियन्ट फेला परिसकेको छ । तर, रुसी समाचार एजेन्सी स्पुतनिकका अनुसार भने यो भेरिएन्ट नयाँ होइन। यो कोरोना भेरिएन्ट मार्स कोभ भाइरससँग सम्बन्धित छ। यसका बिरामी पहिलोपटक पश्चिम एसियाली देशहरूमा सन् २०१२ र २०१५ मा भेटिएका थिए। यो निओकोभ भेरिएन्ट भर्खरै दक्षिण अफ्रिकामा चमेरामा देखिएको हो। पहिले जनावरमा पनि देखिएको थियो।

अर्कातर्फ रुसको भाइरोलोजी र बायोटेक्नोलोजी विभागले भने अहिले यो भेरिएन्ट मानिसमा फैलिने सम्भावना कम रहेको बताएको छ। यसको सम्भाव्यता र जोखिमबारे अनुसन्धान गर्नुपर्ने उसले जनाएको छ।