खेलकुद

आहा राराको फाइनलमा एपीएफ इतिहास रच्ने दाउमा


काठमाडौँ – पोखरा रंगशालामा जारी २० औं संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको फाइनल खेल आज हुँदै छ । मनाङ मस्र्याङ्दी क्लब र विभागीय टिम नेपाल एपीएफको फाइनल खेल आज आज दिउँसो २ बजे हुनेछ ।

यता दुवै टिमका प्रशिक्षकले उपाधी आफ्नो हातमा दाबी गरेका छन् । ६ पटकको उपाधि विजेता मनाङ सातौँ पटक उपाधि रक्षा गर्ने दाउमा हुनेछ । पहिलो पटक आहा रारा गोल्डकपको फाइनल खेल्न लागेको विभागीय टिम एपीएफ पहिलो पटक उपाधि उचालेर इतिहास रच्ने रणनीतिमा छ ।

फाइनल प्रवेशका लागि मनाङले सेमिफाइनलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई पेनाल्टी सुटआउटमा हराएको थियो। यता एपीएफले भने लिग विजेता मच्छिन्द्रलाई ३–१ ले पाखा लगाउँदै फाइनलको टिकट पक्का गरेको थियो ।

प्रतियोगिताको विजेता टिमले १० लाख १ हजार र उपविजेता टिमले ५ लाख १ हजार प्राप्त गर्ने छ ।