काठमाडौँ – नेपाली राष्ट्रिय फुटबल टोलीले पहिलो मैत्रीपूर्ण खेलमा आज अफ्रिकी राष्ट्र मरिसससँग प्रतिस्पर्धा गर्दैछ । नेपालले त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मरिससको सामना गर्नेछ ।
नेपाल र मरिससबीचको खेल साँझ पौने ५ बजे सुरु हुने छ । नेपालले पहिलो पटक आधिकारिक रुपमा अफ्रिकी राष्ट्रसँग खेल्न लागेको हो ।
नेपालले मरिससविरुद्धको दोस्रो मैत्रीपूर्ण भने मंगलबार खेल्नेछ । नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताईरीले किरण चेम्जोङको कप्तानीमा दुई खेलका लागि दुई फरक टिम घोषणा गरिसकेका छन् । खेलाडीलाई अन्तर्राष्ट्रिय खेलको अनुभव दिने उदेश्यले दुई टोली बनाएको प्रशिक्षक अल्मुताईरीले बताएका छन् ।
अल्मुताईरीले खेलाडीबाट राम्रो नतिजा भन्दा उत्कृष्ट प्रदर्शनको आशा गरेको बताएका छन् । फिफा वरीयतामा मरिसस नेपाल भन्दा पछाडि रहेको छ । मरिसस १ सय ७२औं र नेपाल फिफा वरियताको १ सय ६९औं स्थानमा रहेको छ ।
प्रतिक्रिया