काठमाडौँ — छाती रोग सम्बन्धी उपचारका लागि काठमाडौँको चाबहिलस्थित नेपाल भारत मैत्री अस्पताल अब्बल मानिन्छ । पछिल्लो समय छाती रोग सम्वन्धी विरामीहरु यस अस्पतालमा उपचारका लागि उल्लेख्य वृद्धि भएका छन् ।
नेपाल भारतमैत्री अस्पताल राती रोग उपचारका लागि प्रविधि र दक्ष चिकित्सकयुक्त मानिन्छ । काठमाडौँको चाबहिलमा रहेको यस अस्पतालमा छाति तथा फोक्सो डायलेसीस सम्बन्धि उपचारका लागि विशेष मानिएको हो । चेस्ट सेन्टर एण्ड क्रिटिकल केयर युनिट नै खडा गरि अस्पताल व्यवस्थापन समूहले विरामीहरुको उपचारमा ध्यान दिएको हो ।
ओपीडी सेवा, आइसोलेसनको व्यवस्था र आईसीयू समेतको प्रवन्ध रहेको यहाँ संवेदनशिल मानिएको छाति तथा फोक्सो रोगका विरामीहरु पछिल्ला महिनाहरुमा उल्लेख्य मात्रामा वृद्धि भएका हुन् । नेपाल भारत मैत्री अस्पतालका निर्देशक डा. विकास रौनियारले कुनै पनि विरामीले पैसा नभएर उपचार नपाउने स्थिति नरहेको बताए । विरामीको विपन्नतालाई ख्याल गरि छात्ति र फोक्सोका विरामीलाई सहुल्यत प्रदान गरिएको उनको भनाई छ ।
उच्चतम प्रविधि र दक्ष, अनुभवी चिकित्सकबाट पाएको उपचार सेवाबाट विरामीहरु पनि प्रफुल्ल देखिन्छन् । तर अस्पतालले विपन्न नागरिकहरुलाई शुल्कमा दिनु पर्ने छुटका बारेमा भने विरामीहरुले प्रत्यक्ष अनुभूति गर्न नपाएको बताउँछन् । महंगो शुल्कमा सहुल्यत दिए यस्तो उपचारका लागि ठुंला र महंगा अस्पताल चहार्न नपर्ने उनीहरुको भनाई छ । तीन दिनदेखि अस्पतालमा आफ्नो बच्चा उपचार गराइरहेकी यी महिला पनि अन्तिममा बील तिर्दा महंगो शुल्क बुझाउनु पर्ने होकी भन्ने चिन्तामा छिन् ।
उच्च सुविधाका सेवाहरु प्रदान गर्दै गर्दा अस्पताल प्रशासनले विपन्न नागरिकहरुको औषधोपचार का बारेमा पनि ख्याल गर्न जरुरी छ । नेपालमा उपचार सेवा महंगो हुँदै जाँदा दुई देशबीचको पवित्र मित्रतालाई ध्यानमा राखेर खोलिएका नेपाल भारत मैत्री अस्पतालले अन्य खर्च कटौती गरि उपचार शुल्कमा कमगर्न जरुरी छ ।
प्रतिक्रिया