कोरोना विशेष

माघ मसान्तसम्म विद्यालय नखुल्ने


काठमाडौँ — कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले आगामी माघ मसान्तसम्म विद्यालय बन्दलाई निरन्तरता दिन सरकारलाई सिफारिस गरेको छ ।
शुक्रबार बसेको सीसीएमसी व्यवस्थापन केन्द्रको बैठकले माघ मसान्तसम्म विद्यालयमा भौतिकरुपमा हुने पठनपाठनमा लगाइएको रोक कायमै राख्न सिफारिस गरेको हो ।

यसअघि सरकारले माघ १५ गतेसम्मलाई बन्द गर्ने निर्णय लिएको थियो । केन्द्रले त्यसलाई थप १५ दिन लम्ब्याउन सिफारिस गरेको हो ।