काठमाडौँ — स्वास्थ्यसम्बन्धी विज्ञ र सर्वसाधारणले चर्को विरोध गरेपछि सरकारले काठमाडौँ उपत्यकामा लागु गरेको जोरबिजोर नियममा परिमार्जन गरेको छ ।
कोभिड-१९ संकट व्यवस्थापन केन्द्रको शुक्रबार बसेको बैठकले सार्वजनिक सवारी साधनमा जोरबिजोर नियम हटाउन सिफारिस गरेको छ ।
केन्द्रले गरेको सिफारिस अनुसारको निर्णय लिन उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक अहिले बसिरहेको छ । उनीहरुको बैठकपछि सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरूले सार्वजनिक सवारीमा जोरबिजोर हटेको सूचना निकाल्ने तयारी गरेका छन् ।
प्रतिक्रिया