अर्थनीति

पाँच दिनमै शेयर लगानीकर्ताले गुमाए २ खर्ब,२९ सयमाथी पुगेको नेप्से किन घट्यो ?


काठमाडौँ — नेपालको शेयर बजारमा लगानी गर्ने लगानीकर्ताले यो हप्तामा मात्र २ खर्ब १३ अर्ब ९० करोड सम्पती गुमाएका छन । नेप्से परिसुचकमा निरन्तर गिरावट आएपछि ४१ खर्ब माथि रहेको बजार पूँजीकरण घटेर ३९ खर्ब २८ अर्बमा सिमित भएको छ । साथै परिसुचक १५१ अंकले घटेको छ ।

यतिवेला नेपाली शेयर बजार तिव्र उतारचढावमा छ । ३२ सय विन्दूभन्दा माथि पुगेको मापक नेप्से परिसुचक २२ सयको विन्दु सम्म ओर्लीयो भने पुन बढेर २९ सय भन्दा माथि पुगेको थियो । तर, बजारमा देखीएको अन्योलता, उच्च पदस्थ व्यक्तीहरुले दिने अभिव्यक्ती, बजारमा तरलता अभाव आदि कारणले बजार पुन घट्न थालेको छ । नेपाली शेयर लगानीकर्ताको सम्पती यो साताको पाँच दिनमा मात्र २ खर्ब १३ अर्व ९० करोडले घटेको छ । योसाताको पहिलो कारोबारको दिन आइतवार शेयर बजार खुल्नु अघि बजार पुजिँकरण ४१ खर्ब ४२ अर्ब ५३ करोड थियो । तर, नेप्से सुचकमा निरन्तर गिरावट आउँदा लगानीकर्ताको सम्पती २ खर्ब १३ अर्व ९० करोडले घटेर ३९ खर्ब २८ अर्ब ६३ करोडमा सिमित भएको छ ।

बजार पूँजीकरण सँगै यो साता शेयर मापक नेप्से सुचकमा पनि भारी गिरावट आएको छ । पाँचदिन खुलेको बजारमा चारदिन नेप्से परिसुचकमा गिरावट आयो भने १ दिन मात्र बजार बढेको छ । साताको पहिलो दिन कारोबार खुल्नु अघि नेप्से २ हजार ९३१.३४ विन्दुमा रहेकोमा निरन्तर गिरावट आएर साताको अन्तीम दिन सम्ममा २ हजार ७ सय ७९ दशमलव ९८ विन्दुमा बजार थामिएको छ । यो साता मात्र नेप्से सुचकमा १ सय ५१ दशमलव ४० अंकको गिरावट आएको छ ।

त्यसैगरी कारोवार रकम भने औसत नै देखिएको छ । यो साता कारोवार रकम साता भरीमा २८ अर्ब ९७ करोर १२ करोड ६१ लाख ७९४ रुपैया बरावरको भएको छ । अहिले बजारमा विभिन्न अड्कलबाजीहरुले पनि लगानीकर्ताहरु आत्तीएको अनुमान गरिएको छ । सरकारले आन्तरिक ऋण उठाउन थालेका कारण फेरि तरलता असहज हुने देखेर पनि लगानीकर्ताको मनोवल गिरेको विश्लेषण गरिएको छ ।

अर्कोतर्फ, यतिवेला अर्थतन्त्रका सूचकहरु खराब रहेको र बैंक तथा वित्तीय संस्थाको दोस्रो त्रैमासिक विवरण अपेक्षा अनुसार राम्रो नआएका कारण पनि बजारलाई असर परेको विश्लेषण गरिएको छ । साथै, अधिकांश कम्पनीहरुले गत वर्षको लाभांश वितरण गरिसकेका कारण पनि माहोल अलि कमजोर भएको अनुमान गरिएको छ । बार्षिक साधारण सभाबाट पारित बोनस सेयरहरु धमाधम सूचीकृत हुन थालेका कारण सप्लाई बढ्न गएको छ । यसले पनि बजारलाई असर गरेको जानकारहरु बताउँछन् ।