कोरोना विशेष

२४ घण्टामा ८ हजार १७ जनामा संक्रमण पुष्टि, १५ जनाको मृत्‍यु


काठमाडौँ — पछिल्लो २४ घण्टामा ८ हजार १७ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार १५ हजार ७३६ जनाको पीसीआर परीक्षण गर्दा ५ हजार ८१६ जना र ६ हजार ७२ जनाको एन्टीजेन परीक्षण गर्दा २ हजार २०१ जना गरी ८ हजार १७ जनामा कोरोना भाइरस कोभिड-१९ को संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १५ जनाले कोरोनाबाट मृत्‍यु छ भने ५२ सय ९२ जना निको भएका छन् । त्यस्तै नेपालभर हालसम्म ९० हजार ५७६ सक्रिय संक्रमित रहेको पनि मन्त्रालयले जनाएको छ ।