काठमाडौँ – कानुन, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडु कोरोना संक्रमित भएका छन् । मन्त्री बडुलाई कोरोना पुष्टि भएको जानकारी उनका सचिवालयले गराएको हो ।
मन्त्री बडुले बुधबार पीसीआर परीक्षण् गराएका थिए । जसमा उनको रिपोर्ट पोजेटिभ देखिएको छ । उनी हाल आइसोलेसनमा छन् ।
प्रतिक्रिया